साफ च्याम्पियनसिप: माल्दिभ्सविरुद्ध खेल्ने यस्तो छ नेपालको लाइन अप – Nepal Press

साफ च्याम्पियनसिप: माल्दिभ्सविरुद्ध खेल्ने यस्तो छ नेपालको लाइन अप

काठमाडौं । आजदेखि माल्दिभ्समा सुरु भएको साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले घरेलु टोलीको सामना गर्दैछ ।

दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको पहिलो खेलका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सुरुआती–११ सार्वजनिक गरेका छन् ।

नेपालले ९:४५ बजे माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । हालसम्म फाइनलसम्म पुग्न असफल नेपाल यसपाली शीर्ष दुईमा रहँदै त्यो ‘डेड-लक’ तोड्ने लक्ष्यसहित माल्दिभ्स पुगेको छ ।

उनले कप्तान किरण चेम्जोङको नेतृत्वमा सार्वजनिक गरेको टोली यस्तो छ:

गोलपिकर : किरण चेम्जोङ (गोलकिपर/कप्तान)
डिफेन्डर : दिनेश राजवंशी, अनन्त तामाङ, रोहित चन्द, सुमन अर्याल
मिडफिल्डर : पुजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, गौतम श्रेष्ठ
फरवार्ड : नवयुग श्रेष्ठ, अञ्जन विष्ट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *