नेपाल र वेस्ट इन्डिज ‘ए’ को श्रृंखलामा रोहित बने प्लेयर अफ दि सिरिज – Nepal Press

नेपाल र वेस्ट इन्डिज ‘ए’ को श्रृंखलामा रोहित बने प्लेयर अफ दि सिरिज

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको पाँच खेलको श्रृंखलामा नेपालका कप्तान रोहित पौडेल प्लेयर अफ दि सिरिज बन्न सफल भएका छन् ।

पहिलो खेलमा शतक र दोस्रो तथा तेस्रो खेलमा अर्धशतकको पारी खेलेका रोहितले प्लेयर अफ दि सिरिज उपाधिसँगै २५ हजार नगद पुरस्कार हात पारेका छन् । एक खेलमा बेन्चमा बसेका रोहितले अन्तिम खेलमा कुनै बलको सामना नगरी अविजित रहे । चार खेलमा मैदानमा आएका रोहितले श्रृंखलामा कुल २६५ रन बनाए ।

अन्तिम खेलमा दीपेन्द्रसिंह ऐरी आउट भएपछि मैदान छिरेका रोहितले बलको सामना गर्न नपाउँदै कुशल मल्लले छक्का र चौकाको वर्षा गरी नेपाललाई जिताएका थिए ।

श्रृंखलामा वेस्ट इन्डिजका जोन्सन चार्ल्स उत्कृष्ट ब्याट्म्यान र अबेड मक्वे उत्कृट बलर घोषित भए । मक्वेले श्रृंखलाको अन्तिम खेलमा तीन विकेट लिएका थिए । वेस्ट इन्डिज ‘ए’ ले सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको थियो ।

नेपालले पहिलो र अन्तिम खेल पनि जित्दा वेस्ट इन्डिज ‘ए’ले दोस्रो, तेस्रो र चौथो खेल लगातार जितेर श्रृंखला आफ्नो पक्षमा पारेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर