दश भाइलाई प्रचण्डको दनक- हिजो ओलीलाई हटाउन हस्ताक्षर गरेको होइन ? – Nepal Press

दश भाइलाई प्रचण्डको दनक- हिजो ओलीलाई हटाउन हस्ताक्षर गरेको होइन ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका ‘दश भाइ’ले केपी शर्मा ओलीसँग आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।

अनेरास्ववियू (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले हिजो ओलीलाई कारवाही गर्न हस्ताक्षर गर्नेहरूले नै अहिले ओलीसँग आत्मसमर्पण गरेको बताए ।

‘अस्तिसम्म त उहाँहरूले मलाई केपी षड्यन्त्रकारी नै हो हो, तानाशाह नै हो भन्थे । ती दश भाइ छन् नि दश भाइ । हिजो केपीलाई पार्टीबाटै हटाउँदा ती दश भाइ नै थिए नि सही गर्ने । माइन्यूट अझै छ’, प्रचण्डले भने । उनले आफूलाई एमाले फुटाउन खोजेको गलत आरोप लगाइएको बताए ।

‘हिजो ओलीलाई हटाउनैपर्छ , दर्होसँग उभिनुस् कमरेड भन्ने । आज प्रचण्डले एमाले फुटाउन खोज्यो भन्ने ?’,उनले प्रश्न गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर