डोटीका ९ वटै पालिकामा संस्थापन पक्षको नेतृत्व (सूचीसहित) – Nepal Press

डोटीका ९ वटै पालिकामा संस्थापन पक्षको नेतृत्व (सूचीसहित)

दिपायल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डोटीका ४ पालिकामा सर्वसम्मत र ५ पालिकामा निर्वाचनबाट नेतृत्व चयन गरिएको छ । प्राप्त परिणामअनुसार २ नगरपालिका र ७ गाउँपालिका गरी सबै स्थानीय तहमा सभापति शेरबहादुर देउवानिकट संस्थापन समूहको नेतृत्व स्थापित भएको छ ।

डोटीमा संस्थापन पक्षको अगुवाई केन्द्रीय सदस्य वीरबहादुर बलायर र जिल्ला सभापति प्रदीप देउवाले गर्दै आएका छन् । संस्थापनइतर समूहको नेतृत्व प्रदेश सांसद भरत खड्काले गर्दै आएका छन् । डोटीका नौ वटा स्थानीय तहमा निर्वाचित सभापतिहरूको नामावली यसप्रकार छ-

१.बोगटान गाउँपालिका – खडकसिंह बोहरा

२. जोरायल गाउँपालिका – मोहनबहादुर मल्ल

३. बडिकेदार गाउँपालिका – करुणाकर जोशी

४. के. आई .सि. गाउँपालिका – अर्जुन बलायर

५. शिखर नगरपालिका – हर्क बोगटी

६. दिपायल सिलगडी नगरपालिका – गणेश मलासी

७. आदर्श गाउँपालिका – चन्द्रनाथ ओझा

८. सायल गाउँपालिका – तेजराज ओझा

९. पुर्विचौकी गाउँपालिका – बलबहादुर खड्का


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर