योगेश भट्टराईको आग्रह: दश बुँदेलाई आतंक नबनाऔं, यो सहज कार्यन्वयनमा गइसकेको छ (भिडिओ) – Nepal Press

योगेश भट्टराईको आग्रह: दश बुँदेलाई आतंक नबनाऔं, यो सहज कार्यन्वयनमा गइसकेको छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले दश बुँदे सहमति मूलभूत रुपमा कार्यन्वयन भइसकेको भन्दै यसलाई आतंकको रुपमा नबुझ्न आग्रह गरेका छन् ।

स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले नेकपा एकता बदरपछि उत्पन्न एमालेभित्रको विवाद समाधान गर्न बनेको १० बुँदे सहमतिलाई रचनात्मक ढंगले लागु गर्ने निर्णय पार्टीले गरेको जानकारी दिए ।

एमाले सचिव भट्टराईले भने- म देशभरका एमालेका साथीहरुलाई भन्न चाहान्छु, दश बुँदेलाई आतंकको रुपमा नबुझौं । यसको सहज ढंगले कार्यन्वयन भएको छ । जहाँ समस्या छन् ती पनि समाधान उन्मुख छन् ।

एमाले बैठकले १० बुँदे अनुसार पूर्व एमालेका तत्कालीन माधव नेपाल पक्षमा रहेका र नेकपा एकता प्रक्रियापछि एमालेमै रहेका पूर्व माओवादी नेता कार्यकर्ताको समेत सम्मान र प्रतिष्ठामा आँच नआउनेगरि पार्टीमा व्यवस्थापन गर्ने निर्णय गरेको भट्टराईले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर