प्रमाणीकरण भएका विधेयकको सन्देश पढेर प्रतिनिधिसभा बैठक सकियो – Nepal Press

प्रमाणीकरण भएका विधेयकको सन्देश पढेर प्रतिनिधिसभा बैठक सकियो

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयकबारे जानकारी दिइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको दुवै सदनबाट पारित भई विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको सन्देश प्रतिनिधिसभामा पढेर सुनाएका छन् ।

त्यस्तै राष्ट्रियसभाबाट सुझावसहित पारित भई आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रतिनिधिसभामा फिर्ता भइ आएको सन्देश पढेर सुनाइएको थियो ।

त्यसलगत्तै सभामुख सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक असोज १४ विहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको जानकारी गराए । आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरुले नाराबाजीसहि वेल घेराउ गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर