तिब्बतले नेपालसँगको निर्यात अवरोधलाई हटाउने, दैनिक २० वटा गाडी नेपाल पठाउने – Nepal Press

तिब्बतले नेपालसँगको निर्यात अवरोधलाई हटाउने, दैनिक २० वटा गाडी नेपाल पठाउने

ल्हासा । नेपाली महावाणिज्य दूतावासको आग्रहपछि तिब्बतले दशैंतिहारजस्ता चाडपर्व लक्षित निर्यातलाई सहजीकरण गर्ने भएको छ ।

महावाणिज्यदूत नवराज ढकालले आज तिब्बतको वाणिज्य, भन्सार र बन्दरगाह अधिकारीहरुसँग नेपालतर्फको निर्यातमा वृद्धि गर्न र तातोपानी तथा केरुङ भन्सार क्षेत्रमा देखिएको अवरोध हटाउन आग्रह गरेका थिए ।

नेपाली पक्षको आग्रहपछि तिब्बत भन्सारले दैनिक १० गाडी थप गरी २० गाडी नेपाल पठाउने आश्वासन दिएको छ । तातोपानी नाकामा जस्तै केरुङ नाकामा हुक एन्ड ड्रप विधि अपनाउनेबारे अध्ययन गर्ने र १५ हजार मेट्रिक टन रासायनिक मललाई विना अवरोध नेपाल आउन दिने प्रतिबद्धता पनि तिब्बतले जनाएको नेपाली महावाणिज्यदूत ढकालले नेपाल प्रेसलाई जानकारी दिएका छन् ।

तिब्बतले नेपालतर्फ लोड अनलोड कार्य छिटो गराउन र केरुङ भन्सारमा यार्ड विस्तार गर्न समेत आग्रह गरेको छ । दशैंतिहारका सामान लिएर नेपालतर्फ आएका ट्रकहरु तातोपानी र भन्सार नाकामै रोकिएको गुनासोपछि महावाणिज्य दूतावासले यसबारे सहजीकरण गर्न तिब्बत सरकारलाई अनुरोध गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर