डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सत्तारुढ गठबन्धनमा सहमति, रामचन्द्रको विमति – Nepal Press

डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सत्तारुढ गठबन्धनमा सहमति, रामचन्द्रको विमति

काठमाडौं । लामो समयसम्म सरकार विस्तार गर्न नसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने तयारी गरेका छन् । आज बसेको सत्तारुढ गठबन्धनको बैठकमा उनले सो प्रस्ताव राखेको र अन्य नेताहरु पनि सहमत बनेको स्रोतले बतायो ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनुपर्ने तथा सार्क अध्यक्षका हैसियतमा नेपालले मन्त्रीस्तरीय बैठकसमेत बोलाएकाले परराष्ट्रमन्त्री चाँडो नियुक्त गर्नुपर्नेबारे बैठकमा छलफल भएको थियो । डा. खड्काको नाममा सहमति भएपछि भोली नै उनलाई सपथ खुवाउने बताइएको छ ।

यस विषयमा देउवाले पार्टीमा भने छलफल गरेका छैनन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुको सहमति बेगर एकलौटीरुपमा मन्त्री नियुक्त गरिएमा नमान्ने नेपाल प्रेससँग बताए । यस विषयमा छलफल गर्न बोली ९ बजे आफ्नो समूहको बैठक बोलाउने उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर