गंगासागरमा स्नान गर्नेको भीड (तस्बिरहरु) – Nepal Press

गंगासागरमा स्नान गर्नेको भीड (तस्बिरहरु)

जनकपुरधाम । जनकपुरको ऐतिहासिक गंगासागर पोखरीमा पितृलाई अर्पण गर्नेहरुको घुइँचो लागेको छ । पितृप्रति श्रद्धाभावका साथ श्राद्धमा पण्डितले सघाउँछन् ।

आजदेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले ‘सोह्र श्राद्ध’ भन्ने गरिन्छ ।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा छ । त्यसैले दशैं सुरु हुनुअघि सोह्रश्राद्ध गरिन्छ ।

सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुने र पितृ ऋणबाट पनि मुक्ति पाइने धार्मिक विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर