एम्बाप्पे भर्सेज हालान्ड: भविष्यका फुटबल स्टार को? – Nepal Press

एम्बाप्पे भर्सेज हालान्ड: भविष्यका फुटबल स्टार को?

काठमाडौं । पछिल्लो दुई दशकयता विश्वभरका फुटबल समर्थकबीच सबैभन्दा चर्चित डिबेट हो, लियोनेल मेसी उत्कृष्ट कि रोनाल्डो ? दुवै लिजेन्डले अविश्वसनीय कीर्तिमानहरू बनाएका छन् । देश र क्लब दुवै स्थानबाट उनीहरूले आ-आफ्नो बिरासत खडा गरेका छन् । ३० वर्ष पार गरेको केही वर्ष कटिसके पनि दुवै खेलाडी अझै कीर्तिमान बनाइरहेका छन् ।

तर, विश्व फुटबलको नयाँ पुस्तामा पनि केही खेलाडीहरूले आफूलाई स्थापित गरिसकेका छन्, गर्ने क्रममा छन् । तीमध्ये सबैभन्दा ‘प्रमिसिङ ट्यालेन्ट’ हुन्- फ्रेन्च फरवार्ड किलियान एम्बाप्पे र नर्वेजियन फरवार्ड एर्लिङ हालान्ड ।

पछिल्ला दुई सिजनयता आफूलाई विश्व फुटबलका चम्किला ताराको रूपमा प्रस्तुत गरिरहेका यी दुई खेलाडी आगामी दिनमा अझै चम्किने सम्भावना देखिन्छ । पेरिस सेन्ट जर्मन (पीएसजी)बाट एम्बाप्पले गत सिजन अर्थात २०२०/२१ मा ४१ गोल गरेका थिए । त्यस्तै बोरुसिया डर्टमन्डका हालान्डले ४४ गोल ठोकेका थिए ।

वर्तमान अवस्थाबाट यी दुई खेलाडी आफूलाई विश्व फुटबलको आउँदो सुपर स्टारको रूपमा स्थापित गर्न लागिपरेका मात्रै छैनन्, आपसमा प्रतिस्पर्धा पनि गरिरहेका छन् ।

त्यसो भए तथ्याङ्क हेर्दा एम्बाप्पे र हालान्डमध्ये विश्व फुटबलका अर्का सुपर स्टार को हुन् त ? आउनुहोस् हेरौंः

एम्बाप्पे भर्सेज हालन्ड: क्लबबाट गोल संख्या

किलियान एम्बाप्पे सिजन एर्लिङ हालान्ड
२०१५/१६
२६ २०१६/१७
२१ २०१७/१८ १२
३९ २०१८/१९
३० २०१९/२० ४४
४२ २०२०/२१ ४२
२०२१/२२
१६६ जम्मा ११५

दुवै खेलाडीले व्यावसायिक फुटबलरको करियर सन् २०१५/१६ सिजनबाट गरेका हुन् । एम्बाप्पेले फ्रेन्च क्लब एस मोनाकोबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेका थिए । नर्वेजियन लिग साइड- ब्रायन एफकेबाट हालान्डको खेल जीवन सुरुआत भएको थियो ।

पछिल्ला सात सिजमा एम्बाप्पेले मोनाको र पीएसजीबाट खेल्दै १ सय ६६ गोल गरिसकेका छन् भने हालान्डले ब्रायन, मोल्डे, रेडबुल साल्जबर्ग र डर्टमन्डमा गरी १ सय १५ गोल गरेका छन् ।

फ्रेन्च फरवार्ड एम्बाप्पेले २०२०/२१ मा सर्वाधिक ४२ गोल गरेका थिए भने हालान्डले सन् २०१९/२० मा ४४ गोल गरेका थिए ।

एम्बाप्पे भर्सेज हालान्ड: क्लब असिस्ट

किलियान एम्बाप्पे सिजन एर्लिङ हालान्ड
२०१५/१६
१४ २०१५/१६
१५ २०१७/१८
१७ २०१८/१९
१८ २०१९/२० १०
२२ २०२०/२१ १२
२०२१/२२
८० जम्मा ३२

क्लब फुटबलमा असिस्टमा पनि एम्बाप्पेले हालान्डलाई पछि पारेका छन् । फ्रेन्च फरवार्डले हालसम्म क्लब फुटबलमा ८० असिस्ट दिएका छन् । त्यो संख्या हालान्डको ३२ भन्दा ४८ अंकले धेरै हो ।

एम्बाप्पेले सन् २०१९/२० सिजनका सर्वाधिक १८ असिस्ट दिएका थिए भने हालान्डले २०२०/२१ मा सर्वाधिक १२ असिस्ट दिएका थिए ।

एम्बाप्पे भर्सेज हालान्ड: अन्तर्राष्ट्रिय गोल र असिस्ट

खेलाडी गोल असिस्ट खेल
किलियान एम्बाप्पे १७ १६ १९
एर्लिङ हालान्ड १२ १५

एम्बाप्पेले सन् २०१७ मा फ्रान्सेली टोलीमा डेब्यू गरेयता देशको प्रतिनिधित्व गर्दै ४९ खेल खेलिसकेका छन् । ती खेलमा उनले १७ गोल गरेका छन् भने १६ असिस्ट दिएका छन् । अर्कातिर हालान्डले सन् २०१९ मा नर्वेको राष्ट्रिय टोलीमा डेब्यू गर्दै १५ खेलमा १२ गोल र १ असिस्ट गरेका छन् ।

एम्बाप्पे भर्सेज हालान्ड: क्लब उपाधि

किलियान एम्बाप्पे उपाधि एर्लिङ हालान्ड
लिग टाइटल
कप प्रतियोगिता
च्याम्पियन्स लिग

एम्बाप्पेले हालसम्म व्यावसायिक फुटबलमा ७ वटा उपाधि उचालिसकेका छन् । उनले चार पटक लिग टाइटल जितेका छन् भने तीन नक-आउट प्रतियोगिता जितेका छन् । हालान्डले भने हालसम्म व्यावसायिक फुटबलमा चार उपाधि मात्रै जितेका छन् । तीमध्ये दुई लिग च्याम्पियनसिप र दुई ठूला प्रतियोगिता जितेका छन् ।

एम्बाप्पे भर्सेज हालान्ड: अन्तर्राष्ट्रिय उपाधि

किलियान एम्बाप्पे सिजन एर्लिङ हालान्ड
विश्व कप
युरोपियन च्याम्पियनसिप
युइएफए नेसन्स लिग

एम्बाप्पे विश्व फुटबलकै शक्तिशाली मुलुक फ्रान्सबाट खेल्छन् भने हालान्ड नर्वेबाट खेल्छन् । सन् २०१८ मा विश्व कप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका एम्बाप्पेले एउटा अन्तर्राष्ट्रिय उपाधि पनि जितिसकेका छन् । अर्कातिर हालान्डले अन्तर्राष्ट्रिय उपाधि अहिलेसम्म जितेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *