राजनीतिक परिवर्तनले पनि श्रमिकको हित गर्न सकेन : कमल थापा – Nepal Press

राजनीतिक परिवर्तनले पनि श्रमिकको हित गर्न सकेन : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा राजनीतिक परिवर्तनपछि पनि श्रमिक वर्गको हक, हित र संरक्षण हुन नसकेको बताएका छन् । पार्टी आवद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै थापाले नेपालको श्रम बजार बिस्तार हुनुको सट्टा सङ्कुचित भएको टिप्पणी गरे ।

सरकारको गलत निति र अदुरदर्शिताका कारण रोजगारीको अबसर श्रीजना हुन नसकेको र नेपाली युबाहरुले वैदेशिक रोजगारीको मुख ताक्नु पर्ने दुर्भाग्यपूर्ण अबस्था रहेको थापाको भनाई थियो । रेमिटेन्सको भरमा मुलुक चलाउनु पर्ने बिडम्बनापुर्ण अबस्था देशले ब्यहोर्नु परिरहेको भन्दै थापाले पछिल्लो समय राज्यप्रति जनताको भरोसा टुटेको समेत बताए ।

मजदुर बर्ग र उसको आश्रित परिवारको शिक्षा, स्वास्थमा सरकार गम्भीर हुनुपर्ने बताए । सम्मेलनको उद्घाटन सत्रमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ, ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष योगेन्द्र कुँवर, मधेशी ट्रेड युनियन महासंघका अध्यक्ष पल्टन ठाकुर, आईएलओका प्रतिनिधि सोलोमान राजबंशि लगायतले बोलेका थिए ।

टुकोनका अध्यक्ष हिक्मतजङ्ग भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको बन्द सत्रले ६ बुँदे प्रतिबद्धता पारित गरेको छ । सम्मेलनमा ५५ जिल्लाका प्रतिनिधिहरुको सहभागीता रहेको टुकोनले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर