रघुवीरसँग २ करोड २५ लाख नगद, श्रीमतीको नाममा ठाउँठाउँमा जग्गा – Nepal Press
सम्पत्ति विवरण

रघुवीरसँग २ करोड २५ लाख नगद, श्रीमतीको नाममा ठाउँठाउँमा जग्गा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको नाममा जनकपुरमा १ बिघा १५ कठ्ठा जग्गा रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा आज सार्वजनिक भएको सम्पत्ति विवरणमा महासेठको बैंक ब्यालेन्स २ करोड २५ लाख रहेको उल्लेख छ ।

भने, पैतृक सम्पत्ति बेचेर सो रकम आर्जन गरेको भनिएको छ । यस्तै, ४३ तोला सुन र १.५ केजी चाँदी छ ।

मन्त्रीको श्रीमती जुलिकुमारीको नाममा फइनान्स, लघुवित्त, बैंक गरी २ करोड ५० लाख नगद र ५ लाख सेयर रहेको छ । जुलीकुमारी महतोको नाममा जनकपुर उपमहानगरपालिमामा ३ कठ्ठा, ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाम रहेको छ । जुलीकुमारीको नाममा धनुषामा ७ बिघा ३ कठ्ठा, सिन्धुलीमा ४ कठ्ठा, ललितपुरमा १ रोपनी ७ आना, धनुषामा ३ कठ्ठा ११ धुर रहेको विवरणमा उल्लेख छ ।

श्रीमतीको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाखको सेयर रहको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर