‘ठेकेदार मन्त्री’ धनबहादुरको सम्पत्ति- काठमाडौंमा २ घर, श्रीमतीसँग ४५ लाख नगद र १५० तोला सुन – Nepal Press

‘ठेकेदार मन्त्री’ धनबहादुरको सम्पत्ति- काठमाडौंमा २ घर, श्रीमतीसँग ४५ लाख नगद र १५० तोला सुन

काठमाडौं । सहरी विकासमन्त्री धनबहादुर बुढाको काठमाडौंमा दुई वटा घर रहेको सम्पत्ति विवरण बुझाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा मन्त्री बुढाको काठमाडौं ६ मा दुई वटा घर रहेको उल्लेख गरेका छन्।

उनले श्रीमती हिमालीको नाममा १७ र २० आना जग्गाका साथै १५० तोला सुन र ३०० तोला चाँदी पनि रहेको उल्लेख गरेका छन्।

उनले बैंकमा आफ्नो नाममा १५ लाख पैसा रहेको उल्लेख गरेका छन् भने श्रीमतीको नाममा ४५ लाख रहेको उल्लेख गरेका छन्।

नेकपा एसबाट मन्त्री बनेको बुढाले डोल्पामा पनि आफ्नो पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन्। मन्त्री बुढा निर्माण व्यवसायी पनि हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर