अछामको सीडीओको जिम्मेवारी लम्साललाई – Nepal Press

अछामको सीडीओको जिम्मेवारी लम्साललाई

काठमाडौं । अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी उपसचिव शिवप्रसाद लम्साललाई दिइएको छ । गृह मन्त्रालयले मंगलबार पर्साका प्रमुख जिल्ला अधिकारी लम्साललाई अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो ।

अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका उपसचिव शरदकुमार पोखरेल उमेर हदका कारण अगामी जेठ ६ गते अनिवार्य अवकाशमा जान लागेकाले उनको ठाउँमा उपसचिव लम्साललाई पठाउने निर्णय भएको हो ।

पोखरेलले करिव नौ महिना अघि गत साउन ३१ गते अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए । यस्तै लम्सालले भने पर्सामा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी एक वर्ष अघि २०८० बैशाख २० गते सम्हालेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *