पूर्वाञ्चल विश्वविद्यालयको उपकूलपतिमा थपलिया नियुक्त – Nepal Press

पूर्वाञ्चल विश्वविद्यालयको उपकूलपतिमा थपलिया नियुक्त

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.विजुकुमार थपलिया नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थपलियालाई मंगलबार उपकुलपतिमा नियुक्त गरेका प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डिन हुन् । उपकुलपति सिफारिस गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा गठित छनोट तथा सिफारिस समितिले थपलियासँगै महेशराज दाहाल र देवीप्रसाद भट्टराईको नाम सिफारिस गरेको थियो ।

छनोट तथा सिफारिस समितिले दरखास्त माग गरी कार्ययोजना, सोचपत्र र अन्तर्वार्ताको आधारमा छनोट गरेर सिफारिस गरेको हो । विज्ञ समूहले कार्ययोजना सोचपत्रको मूल्यांकन गरी छनोट गरेको समितिले दाबी गरेको छ । सिफारिस भएको प्राथमिकताकै आधारमा नै उपकुलपति नियुक्त गरिएको प्रधानमन्त्री प्रचण्डको को सचिवालयले जनाएको छ ।

शिक्षामन्त्री श्रेष्ठ र प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्य गर्दे प्राज्ञिक प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने घोषणा गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *