पुजार सार्कीमा पल शाहको लुक्स यस्तो पनि – Nepal Press

पुजार सार्कीमा पल शाहको लुक्स यस्तो पनि

काठमाडौं । पुजार सार्की रिलिज हुन दुई दिन अगाडि अभिनेता पल शाहले चलचित्रका दुई तस्विर सार्वजनिक गरेका छन्, जसमा उनी वृद्ध अवतारमा देखिन्छन् । तस्विर हेर्दा पल शाह हुन् भनेर ठम्याउनै गाह्रो पर्छ ।

पछिल्लो समयमा पुजार सार्कीको ट्रेलर रिलिजदेखि प्रमोसनल अन्तरवार्ताहरुमा समेत पल अनुपस्थित छन् । यसलाई लिएर विभिन्न अड्कलवाजी भइरहेका बेला पलले सामाजिक सञ्जालमा छोटो प्रष्टीकरणसहित आफ्नो पृथक लुक्स सार्वजनिक गरेका हुन् । उनको यो लुक्सले चलचित्रप्रति दर्शकको कौतुहल थप बढाउन सक्छ ।

पलले यो चलचित्र आफ्नो करिअरमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । आफू अहिले अर्को चलचित्र ‘रावायण’ को छायांकनमा व्यस्त रहेकाले पुजार सार्कीको प्रमोसनमा हिँड्न नसकेको उनको प्रष्टीकरण छ ।

उनी लेख्छन्, ‘मेरो भूमिका र प्रचारको सहभागिताका विषयमा मेरा शुभेच्छुकहरुले देखाउनु भएको चासो र चिन्ताप्रति नतमस्तक छु। थुप्रै सञ्चारमाध्यमहरूमा पनि मेरो खोजी भइरहेको खबर पाइरहेको छु। चाहेर पनि मैले प्रत्यक्ष रूपमा म यहाँहरूको अगाडी उपस्थित हुन सकेको छैन। मेरो यो बाध्यतालाई यहाँहरूले बुझिदिनुहुनेछ भन्ने अपेक्षा लिएको छु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर