जनयुद्धमै सिद्धिन्छ भन्थे यहाँसम्म आयौं, अब गठबन्धनको बलमा दुई तिहाइ ल्याउँछौं : प्रचण्ड – Nepal Press

जनयुद्धमै सिद्धिन्छ भन्थे यहाँसम्म आयौं, अब गठबन्धनको बलमा दुई तिहाइ ल्याउँछौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आउँदो चुनावबाट आफ्नो पार्टी सबैभन्दा ठूलो बन्ने दावी गरेका छन् ।

पोष्टबहादुर बोगटी `दिवाकर´को ७औं स्मृति दिवसको अवसरमा पेरिसडाँडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसैका लागि मित्रहरूको खोजी गर्ने क्रममा संविधान, राष्ट्रियता र गणतन्त्रको पक्षमा मोर्चाबन्दी गरेको बताए ।

‘यसलाई बचाउनुछ गठबन्धनको बलबाट हामी दुई तिहाइको सरकार बनाउनबाट वञ्चित भएका छैनौं । त्यसैका लागि मोर्चाबन्दी गरेका हौं’, प्रचण्डले भने, ‘नेपाली जनताले कुरा बुझेको छ । खाली हामी आफूले आफैंलाई बदल्नुछ ।’

जनयुद्धमै  सिद्धिन्छ भनेको माओवादी यहाँसम्म आइपुगेको भन्दै उनले भने, ‘पछिल्ला ५/७ महिनाको आन्दोलनलाई हेर्दा देश र संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने पार्टी माओवादी नै रहेछ भन्ने जनतामा स्थापित भइसकेको छ ।’ शान्ति प्रक्रियामा आएपछि पनि मूलधारका पार्टीले ५/७ सिटभन्दा बढी ल्याउँदैन भनेकोमा माओवादीले देखाइदिएको प्रचण्डले बताए ।

‘१५ वर्ष पटकपटक सत्तामा गए पनि देशको राम्ररी देशको नेतृत्व गर्न नपाई-नपाई बित्यो । १०० जना जति त मन्त्री नै भइसके । अब गाउँगाउँसम्म संगठन विस्तार, अभियानहरू लिएर जानुपर्छ’, प्रचण्डले भने, ‘अरुलाई होइन आफैंलाई गाली गरौं । आफैंबाट सच्चियौं अब हामी ठूलो पार्टी हुन्छौं ।’


प्रतिक्रिया

One thought on “जनयुद्धमै सिद्धिन्छ भन्थे यहाँसम्म आयौं, अब गठबन्धनको बलमा दुई तिहाइ ल्याउँछौं : प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *