पर्वतमा पहिरोमा परेर ज्यान गुमाउनेप्रति नेकपाद्धारा दुःख व्यक्त – Nepal Press

पर्वतमा पहिरोमा परेर ज्यान गुमाउनेप्रति नेकपाद्धारा दुःख व्यक्त

काठमाडौं । पर्वतका विभिन्न स्थानमा पहिरोमा परि ज्यान गुमाउने सवै मृतकप्रति विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले दुख व्यक्त गरेको छ । पार्टीले शनिबार विज्ञप्ती जारी गर्दै मृतकका आफन्तजनप्रति समवेदना प्रकट गरेको छ ।

विज्ञप्तीमार्फत नेकपाले पीडित परिवारको पुर्नस्थापना र आवश्यक राहतको यथासिघ्र व्यवस्था गर्न सरकारसंग माग पनि गरेको छ । पहिरोबाट पीडितको उद्धार, राहात र सुरक्षित पुर्नस्थापनको व्यवस्थापनको कार्यमा लाग्न सम्वन्धित जिल्ला पार्टीलाई निर्देशन पनि दिएको छ ।

‘बाढी र पहिरोका कारण पुर्व पश्चिम राजमार्गको दाउन्ने र गैडाकोटमा सडक अवरुद्ध भई यात्रुले भोग्नुपरेको सास्ती प्रति पार्टीको ध्यान गम्भिर रुपमा आकर्षित भएको छ । अवरुद्ध सडकलाई तदारुकताका साथ मर्मत र संचालन गरि जनताको यात्रालाई सहज बनाउन नेपाल सरकारसंग पार्टी जोडदार माग गर्दछ । पार्टी प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *