बार्सिलोनामा अब जर्सी नम्बर–१० फातीले लगाउने – Nepal Press

बार्सिलोनामा अब जर्सी नम्बर–१० फातीले लगाउने

काठमाडौं । अर्जेन्टाइन कप्तान लियोनेल मेसीले क्लब छाडेसँगै खाली भएको बार्सिलोनाको १० नम्बर जर्सी अब अन्सु फातीले लगाउने भएका छन् । १६ वर्षको उमेरमै सिनियर टोलीमा डेब्यू गर्दै सनसनी मच्चाएका फातीले मेसीले लगाउने गरेका जर्सी लगाउने भएका हुन् ।

बार्सिलोनाको एकेडेमी लामासियाबाट प्रोमोसन भएर सिनियर टोलीका नियमित सदस्य बनेका फातीलाई जर्स नम्बर १० दिएको क्लबले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो ।

‘लामासिया बनेका हाम्रो नयाँ १० नम्बर,’ फातीको भिडियो पोस्ट गर्दै बार्सिलोनाले लेखेको छ ।

बार्सिलोनाको आर्थिक समस्याका कारण नचाहेर पनि गत महिना स्पेन बसाई टुङ्ग्याउनु परेको थियो । एक वर्षअघि आफूले क्लब छाड्ने तीव्र इच्छा व्यक्त गरे पनि यो वर्ष छाड्नका लागि मेसी तयार थिएनन् ।

तर, बार्सिलोना बसाई सम्भव नभएपछि फ्रि–एजेन्ट मेसी फ्रेन्च हेभिवेट पीएसजीमा अनुबन्ध भइसकेका छन् । उनले आइतबार राति रेइम्सविरुद्धको खेलमा डेब्यूसमेत गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर