राप्ती अस्पतालका मेसुलाई कालोमोसो दलेको आरोप लागेका अखिल अध्यक्षद्वारा आत्मसमर्पण – Nepal Press

राप्ती अस्पतालका मेसुलाई कालोमोसो दलेको आरोप लागेका अखिल अध्यक्षद्वारा आत्मसमर्पण

रूपन्देही । राप्ती प्रादेशिक अस्पतालका तुल्सिपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दलेको आरोप लागेका अनेरास्ववियू दाङका अध्यक्ष सर्जन परियारले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

उनी आज आफैं जिल्ला प्रहरी कार्यालय दाङमा उपस्थित भएका हुन् । परियारले प्रहरी कार्यालयमा आएर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । परियारले आफूलाई प्रहरीले लगाएको मुद्दा झूटो भएको भन्दै आत्मसमर्पण गरेका छन् । पक्राउ पछि उनले मुद्दा झुटो रहेको दावी गर्दै हिरासतभित्र भोकहड्ताल गर्ने बताएका छन् ।

चिकित्सकमाथि कालोमोसो दल्ने मुख्य आरोपी ६ जनामध्ये प्रहरीले अहिलेसम्म परियारसहित तीनजना पक्राउ गरेको छ । उनलाई नेकपा एमालेले गलत काममा नाम जडिएको भन्दै घटनाको भोलिपल्ट कारवाही गरेको थियो ।

परियारले सामाजिक सन्जालमा न्यायको पक्षमा आवाज उठाउन खोज्दा अनावश्यक ढंगले फसाउन खोजेको दावी गरेका छन् । प्रहरीले परियारमाथि मुख्य अभियुक्त दावीसहित उजुरी आएको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *