महन्थ ठाकुरमा मान्छे थपिए, लोसपा सनाखतमा १७ कार्यकारिणी सदस्य र १४ सांसद – Nepal Press

महन्थ ठाकुरमा मान्छे थपिए, लोसपा सनाखतमा १७ कार्यकारिणी सदस्य र १४ सांसद

काठमाडौं । जसपाबाट विभाजित भएको लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा १४ जना संघीय सांसदले साथ दिएका छन् । प्रतिनिधिसभाका १३ जना र राष्ट्रियसभाका एक जनाले महन्थ ठाकुरलाई साथ दिएका हुन् ।

त्यस्तै जसपाका १७ जना कार्यकारिणी समिति सदस्यले निर्वाचन आयोगमा पुगेर सनाखत गरेको वरिष्ठ नेता शरदसिंह भण्डारीले दावी गरे । जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये यसअघि निर्वाचन आयोगमा सनाखत हुँदा १६ जना ठाकुर पक्षमा थिए ।

जसपा विभाजनका लागि ठाकुर पक्षले केन्द्रीय समिति र संसदीय दल दुवैतिर २० प्रतिशत पुर्याएको छ ।

तस्बिर: सराेज बैँजु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर