अध्यादेशको उपयोग गरेर पार्टी फुटायौँ : राजेन्द्र महतो – Nepal Press

अध्यादेशको उपयोग गरेर पार्टी फुटायौँ : राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ । महन्थ ठाकुरको नेतृत्वमा जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक दर्ताका लागि आयोगमा निवेदन दिइएको छ । जसमा अध्यक्षमा ठाकुर, वरिष्ठ नेतामा राजेन्द्र महतो र २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहेको छ ।

नयाँ दल दर्ताका लागि निवेदन बुझाएर फकिएपछि प्रस्तावित जसपा नेपाल लोकतान्त्रिकका वरिष्ठ नेता राजेन्द्र महतोले अध्यादेशको उपयोग गरेर पार्टी फुटाएको बताए ।

‘पार्टी फुट्यो र त नयाँ दल दर्ताको लागि निवेदन दिएका छौ । अध्यादेश आज आयो त्यसलाई उपयोग गर्यौ र दल दर्ता गर्‍यौँ’, महतोले भने ।
उनले आफ्नो पार्टी तत्काल सत्तामा नजाने समेत स्पष्ट पारे ।


प्रतिक्रिया

One thought on “अध्यादेशको उपयोग गरेर पार्टी फुटायौँ : राजेन्द्र महतो

  1. पार्टी फुटछ भन्नेे त पहिल्यै थाहा थियोो हौौ, अनि MCCकोो खर्चले किन्ने.. भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर