च्याम्पियन बायर्न बराबरीमा रोकियो – Nepal Press

च्याम्पियन बायर्न बराबरीमा रोकियो

काठमाडौं । शुक्रबार रातिदेखि सुरु भएको जर्मन बुन्डेसलिगाको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिख बोरुसिया मोन्चेनग्लाडबाखसँग १-१ गोलको बराबरीमा रोकिएको छ । मोन्चेनग्लाडबाखको मैदान बोरुसिया–पार्कमा भएको खेलको १०औं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो ।

लार्स स्टिन्डीले दिएको पासमा अलासेन प्लेयाले गोल गर्दै मोन्चेनग्लाडबाखलाई अग्रता दिलाएका थिए । निरन्तर मोन्चेनग्लाडबाखको रक्षापंक्तिमाथि आक्रामण गरेको भ्रमणकारी बार्यनका लागि रोबर्ट लेवान्डोस्कीले पहिलो हासफ सकिन लाग्दा बराबरी गोल फर्काए ।

पहिलो हाफको खेल सकिन ३ मिनेट बाँकी रहँदा जोसुवा खिमिकको पासलाई गोलमा परिणत गर्दै लेवान्डोस्कीले जर्मन च्याम्पियन बार्यनलाई बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा दुवैतर्फबाट लगातार प्रयास भए पनि अपेक्षित फिनिसिङ नहुँदा खेल बराबरीमा टुङ्गिएको थियो ।

बराबरीसँगै दुवै टोलीले अंक बाँडेका हुन् । गत सिजन शीर्ष स्थानमा १२ अंकको अग्रता बनाउँदै बार्यन लगातार नवौं पटक लिग च्याम्पियन बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर