सरकारको न्यूनतम साझा कार्यक्रम- स्थानीय तहलाई प्रदेश मातहत ल्याउने – Nepal Press

सरकारको न्यूनतम साझा कार्यक्रम- स्थानीय तहलाई प्रदेश मातहत ल्याउने

काठमाडौं । सरकारले संविधान बमोजिम स्वतन्त्र र स्वायत्त रहेका स्थानीय तहलाई प्रदेशको मातहत ल्याउने भएको छ ।

कांग्रेस महामन्त्री पूर्णवहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रममा स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक कार्य गर्ने विषय समेटिएको छ ।

आजै शीर्ष नेतालाई बुझाउने तयारी गरिएको न्यूनतम साझा कार्यक्रममा विदेशमा रहेका नेपालीहरुलाई पनि मतदानको अधिकार दिलाउने विषय पनि समेटिएको छ ।

गठबन्धन सरकारका प्राथमिकतामा कोभिड महामारीबाट उत्पन्न मानवीय संकटको समाधान गर्ने, शान्तिप्रक्रियाका बाँकी काम टुंगो लगाउने, राजनीतिक दलहरुबीच सहमतिमा संविधान संशोधनका लागि पहल गर्ने र संघीयता कार्यन्वयन जस्ता विषयलाई राखिएको छ ।

मस्यौदा कार्यदलमा कांग्रेसबाट महामन्त्री खड्कासहित रमेश लेखक र मिनेन्द्र रिजाल छन् भने माओवादीबाट देव गुरुङ र वर्षमान पुन तथा जसपाबाट महिन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर