सिन्धुपाल्चोकका बाढी प्रभावित १५ सय जनालाई लगाइयो कोरोना खोप – Nepal Press

सिन्धुपाल्चोकका बाढी प्रभावित १५ सय जनालाई लगाइयो कोरोना खोप

जिल्लाभर ६३ हजारले लगाए खोप

सिन्धुपाल्चोक ।नेपालमा कोरोना भाइरस कोभिड–१९ संक्रमण सुरु भएपछि पहिलो मृत्यु भएको सिन्धुपाल्चोकमा ६३ हजार बढीले कोरोना विरुद्धको खोप लगाएका छन् ।
२०७७ माघ १४ गतेदेखि सिन्धुपाल्चोकमा कोरोनो विरुद्धको खोप लगाउने अभियान सुरु भएको थियो । सुरुमा स्वास्थ्यकर्मी र कोरोनाबाट निधन भएकाहरुको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुबाट अभियान सुरु भएको अभियान अन्र्तगत मंगलबार सम्म ६३ हजार ९ सय २९ ले खोप लगाएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापाँगाईले जानकारी दिए ।
बाढी पहिरोबाट विस्थापित भएका मेलम्ची नगरपालिका,हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै उमेर समुहकालाई खोप लगाउन सुरु गरिएको चापाँगाइले जानकारी दिए । बाढी पहिरोबाट विस्थापित भएकाहरु मध्ये मेलम्ची नगरपालिकामा १ हजार ४२,हेलम्बु ३ सय ४० र पाँचपोखरी थाङपालगाउँपालिकाममा २ सय विस्थापित सबै उमेर समुहकालाई खोप लगाइएको छ ।
जुगल र भोटेकोशी गाउँपालिकामा पनि १८ बर्षदेखि माथी सबै उमेर समुहका लाई कोरोना विरुद्धको खोप लगाइएको छ । जुगल र भोटेकोशीमा बाढीपहिरोले गर्दा यातयातका साधन सञ्चालनमा समस्या भएपछि सबै उमेर समुहकालाई खोप लगाइएको स्वास्थ्य प्रमुख चापाँगाईले जानकारी दिए ।
अन्य स्थानीय तहमा भने अहिले ५५ वर्ष माथी उमेर समुहका सबैलाई खोप लगाउन अभियान सञ्चालन भइरहेको छ । कोभिसिल्ड १९ हजार ९५०,भेरोसेल ४९ हजार ६ सय र जोनसोन १४ हजार ३ सय सहित कुल ८३ हजार। ८सय ५० डोज खोप सिन्धुपाल्चोकमा प्राप्त भएको स्वास्थ्य कार्यालय प्रमुख चापाँगाईले जानकारी दिए ।
कोभिसिल्ड खोप १५ हजार २६६, पहिलो डोज र ३ हजार ३ सय ६७ दोस्रो डोज खोप लगाइएको छ । पहिलो र दोस्रो सहित ३७ हजार २७५ ले भोरेसेल।१८ हजार ६३३ ले कोभिसिल्ड र ८ हजार १५ ले जोनसोन खोप लगाएको स्वास्थ्य प्रमुख चापागाईले जानकारी दिए ।
पहिलो डोज लगाईसकेकाहरुलाई समय पुगेपछि दोस्रो डोजको पनि तयारी भइरहेको छ ।

सिन्धुपाल्चोकमा करिब २ लाख जनसंख्यालाई खोप लगाउनु पर्ने तथ्यांक स्वास्थ्य कार्यालयले निकालेको छ ।
जुगल र भोटेकोशी गाउँपालिकामा सबै उमेर समुहकालाई समेटीएकाले त्यहाँ सबै जनसंख्यालाई पुग्ने गरेर खोप पठाइएको छ भने त्यसपछि हालसम्म बाढी खोप लगाउने चौतारा साँगाचोकगढी नगरपालिकामा रहेका छन् ।
सञ्चारकर्मी,सुरक्षाकर्मी,शिक्षक,सार्वजनिक सवारी साधानका चालक र सहचालक,विदेश जानेहरुलाई भने जुनसुकै उमेर समुहका भएपनि खोपको सहज व्यवस्था स्वास्थ्य कार्यालयले गरेको छ ।
‘हामीले सबै स्थानीय सरकारका प्रमुख र स्वास्थ्य शाखाका प्रमुखहरुसँग सल्लाह गरेर खोप लाई प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरिरहेका छौ स्वास्थ्य प्रमुख चापागाईले भने–‘सरकारले उपलब्ध गराउदा सम्म हामी विनाभेदभाव सबैलाई खोप उपलब्ध गराउछौ ।’
४३ सय संक्रमित ४८ को निधन
कोरोना भाइरसको दोस्रो संक्रमण सुरु भएपछि सिन्धुपाल्चोकमा हालसम्म ४८ को निधन भएको छ । निधन हुनेमा ३३ पुरुष र १५ महिला रहेका छन् । सबैभन्दा बढी चौतारा साँगाचोकगढी नगरपालिकामा १२ को मृत्यु भएको थियो । दोस्रो लहर सुरु भएपछि ४ हजार ३ सय संक्रिय संक्रमीत भएका थिए । अहिले सबै स्थानीय तहमा कोरोना परिक्षणका दर घटेकाले अहिले अवस्था कस्तो छ यकिन नभएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर