मंगलबार ३३ सय कोभिड संक्रमित थपिए, २४ जनाको मृत्यु – Nepal Press

मंगलबार ३३ सय कोभिड संक्रमित थपिए, २४ जनाको मृत्यु

काठमाडौं उपत्यकामा ९ सय संक्रमित भेटिए

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३३८३ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ७१८ नमुना (६०८० पीसीआर र १० हजार ६३८ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।

मंगलबार थप २४ जनाको मृत्यु भएको छ । १९९४ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३२ हजार ५९ छ ।

काठमाडौं उपत्यकामा ९०४ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ६१३, ललितपुरमा १७७ र भक्तपुरमा ११४ जना संक्रमित थपिएका छन् ।

कूल संक्रमित संख्या ७ लाख २ हजार ९७, कूल मृत्यु ९९२२ र कूल निको हुने संख्या ६ लाख ६० हजार छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर