विश्व बजारका लागि नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो : चेम्बर अध्यक्ष अग्रवाल – Nepal Press

विश्व बजारका लागि नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन् ।

काठमाडौंमा सुरु इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिटको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले विश्वको तुलनामा सस्तो श्रमशक्ति, छिमेकी भारत र चीनको उपभोक्ता बजार लगायतका कारणले नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको बताएका हुन् ।

अध्यक्ष अग्रवालले भने, ‘नेपालमा ५७ प्रतिशत जनसंख्या सक्रिय श्रममा रहेको तथ्यांक छ, श्रम लागत पनि निकै सस्तो छ । यहाँ लगानीमार्फत उत्पादन भएका वस्तुहरुलाई विश्वका झण्डै ३ अर्ब जनसंख्या रहेका छिमेकी भारत र चीनको बजारमा पुर्याउन सकिन्छ, ।’

आजको युगमा आर्थिक विकास र समृद्धिको यात्रामा एक्लै हिँड्न नसकिने भन्दै अध्यक्ष अग्रवालले संयुक्त लगानीका लागि आह्वान गरे । लगानीको सुनिश्चितताका लागि सरकारले कानूनी वातावरण बनाएको अग्रवालको भनाइ छ ।

काठमाडौंमा भइरहेको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनले अर्थतन्त्रमा दिर्घकालीन महत्व राख्ने उनले बताए । लगानी सम्मेलनमा प्राथमिकताका क्षेत्रसहित लगानीको आव्हान गरिएको र निजी क्षेत्र पनि साथै रहेकाले सम्मेलन फलदायी हुने अध्यक्ष अग्रवालले बताए ।

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा चेम्बर अफ कमर्सका तर्फबाट करिब १ दर्जन आयोजनालाई सोकेसका रुपमा राखिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर