श्रममन्त्री अर्याललाई साइप्रसका हाइ कमिश्नरकाे ध्यानाकर्षण- सरकारकै सहभागितामा श्रमिक पठाउन सके राम्राे – Nepal Press

श्रममन्त्री अर्याललाई साइप्रसका हाइ कमिश्नरकाे ध्यानाकर्षण- सरकारकै सहभागितामा श्रमिक पठाउन सके राम्राे

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र साइप्रसका हाइ कमिश्नर एवागोरस व्रियोनाइड्सबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटमा साइप्रस र नेपालबीच श्रमलगायत आपसी हितका विषयमा छलफल भएको थियो ।

छलफलमा श्रममन्त्री अर्यालले साइप्रस जाने नेपाली श्रमिकको सीप विकासको कार्यमा सहकार्य गर्न आग्रह गरे ।

उनले साइप्रस सरकारले माग गरेअनुसारको सीप भएका श्रमिक पठाउन सीप तालिम सञ्चालन गर्न सहयोग गर्न आग्रह गरे ।

साइप्रसमा हाल २० हजार नेपाली श्रमिक छन् । सेवा क्षेत्र र घरेलु श्रमिकको रुपमा नेपाली श्रमिक साइप्रस पुगेका छन् । साइप्रस जाने सबै खालका श्रमिकलाई सीप सिकाउन नेपाल सरकार आतुर रहेको श्रममन्त्री अर्यालले बताए ।

साइप्रसका हाइ कमिश्नर व्रियोनाइड्सले साइप्रसले आफ्नो विकास कोषमार्फत नेपाली श्रमिकको सीप विकास तालिममा सहयोग गर्नसक्ने बताए ।

नेपाल सरकारको सहभागितामै नेपाली श्रमिक साइप्रस पठाउन सके राम्रो हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *