१६ औं योजनाले उत्पादन र रोजगारीलाई प्रमुख प्राथमिकता दिएको छ : उपाध्यक्ष श्रेष्ठ (भिडिओ) – Nepal Press

१६ औं योजनाले उत्पादन र रोजगारीलाई प्रमुख प्राथमिकता दिएको छ : उपाध्यक्ष श्रेष्ठ (भिडिओ)

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले १६ औं आवधिक योजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन् ।

बुधबार आयोगमा पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उपाध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्रमा उत्पादन र रोजगारी न्युन भएकाले अहिले समस्या देखापरेको भन्दै १६ औं आवधिक योजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको दाबी गरे ।

उनले मुलुकको अहिलेसम्मको विकास मोडलले पूर्वाधार र सामाजिक विकासमा राम्रो गरे पनि उत्पादन र रोजगारी सिर्जनामा परिणाममुखी काम नभएकाले पनि उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताए । उपाध्यक्ष श्रेष्ठले तीन तहको सरकार आएपछि सरकारको प्राथमिकता पूर्वाधारमा केन्द्रित हुँदा सामाजिक सूचक खस्कन थालेको बताए ।

उनले त्यस्ता आयोजनालाइ तीन वर्गमा वर्गीकरण गरिने बताए । उनले पहिलोमा उच्च प्राथमिकताका कार्यक्रम, दोस्रोमा कम प्राथमिकता युक्त आयोजना राख्ने र तेस्रो वर्गमा खारेज गर्नुपर्ने आयोजनाहरू राखेर कार्यान्वयनमा जाने उल्लेख गरे ।

उनले १६ औं योजनाले सबैभन्दा विशेष रुपमा गरेको काम समस्यालाई गहिराइमा पुगेर अध्ययन गरिएको बताए । उनले अर्थतन्त्र, शासकीय समस्याको पहिचान गरेर १६ औं योजना बनेको बताए । उनले विगतमा महत्वकांक्षी योजना बनेको भन्दै अहिले कार्यान्वयन गर्न सकिने लक्ष्य मात्र राखेको दाबी गरे ।

उनले आगामी पाँच वर्षमा मुलुकको औषतमा आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने लक्ष्य राखिएको बताए । उनले १६ औं योजनाको अन्तिम वर्ष २०८५/०८६मा ७.३ प्रतिशत हुने पनि बताए । उनले आगामी आर्थिक वर्षमा शुरु हुने पूर्वाधार निर्माणको आधारबाट आर्थिक वृद्धिदर ६ प्रतिशत हुने आँकलन गरिएको बताए ।

उनले १६ औं योजना पहिलाभन्दा फरक बनेको भन्दै यसपटक मन्त्रालयहरूलाई गाइडलाइन दिइएको बताए । उनले मन्त्रालयका सुक्ष्म कार्यक्रम नराखिएका कारण १५ औं योजनाभन्दा १६ औं योजनाको आकार घटेको बताए ।

यस्तो छ उपाध्यक्ष श्रेष्ठको भनाइः

सोह्रौं योजनाले सबैभन्दा विस्तृतमा गरेको व्यवस्था भनेको विद्यमान अवस्था समस्या र चुनौतिहरुको गहिराईका साथ विश्लेषण गरेको छ । कुनैपनि रोगको अप्रेशन राम्रोसँग गर्दा मात्रै रोग निको हुन्छ भन्ने मान्यता अनुसार सोह्रौ योजनाको जोड अर्थतन्त्र,शासकिय व्यवस्थाका प्रमुख समस्या,चुनौतीहरुको विश्लेषण गरिएको छ ।

त्यसको आधारमा समस्या समाधानका लागि रुपान्तरणकारी रणनीतिहरु उल्लेख गरिएको छ । लक्ष्य निर्धारण गर्दा विगतमा योजनाले लिएका लक्ष्य पूरा भएको प्रगतिलाई ध्यानमा राखिएको छ । सोह्रौ योजनाले महत्वकांक्षी लक्ष्य राख्ने भन्दा पनि कार्यान्वयन कसरी बनाउने विषयमा ध्यान दिएको छ ।

सोह्रौ योजनाको महत्वपूर्ण पक्ष के हो भन्दा कार्यान्वयनको कसरी ग्यारेन्टी गर्ने विषयमा जोड दिइएको छ । सोह्रौं योजनाले उत्पादन र रोजगारीलाई जोड दिन्छ ।

मुलुकको अहिलेको अर्थतन्त्रको समस्या भनेकै उत्पादन र रोजगारी न्युन भएकाले शोधनान्तरतर्फ आन्तरिक उत्पादनतर्फ धेरै समस्या सिर्जना भएकाले मुलुकको अहिलेसम्मको विकास मोडलले पूर्वाधार र सामाजिक विकासमा केही राम्रो गरे पनि उत्पादन र रोजगारी सिर्जना नगरेकाले त्यसमा जोड दिइएको छ ।

तीन तहका सरकारको बजेट भवन तथा पूर्वाधार निर्माणमा केन्द्रित भएको कारणले समाजिक विकासमा प्राथमिकता नदिएको अवस्था छ । आगामी पाँच वर्षमा मुलुकको औषतमा आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुन्छ । १६ औं योजनाको अन्तिम वर्ष २०८५/०८६मा ७.३ प्रतिशत हुने भनिएको छ ।

त्यसैले औषत र कुन वर्षको भन्नेमा दोधार नहोस् । हामीले आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदर आँकलन गरेका छौं । आगामी आर्थिक वर्षमा शुरु हुने पूर्वाधार निर्माणको आधारबाट आर्थिक वृद्धिदर वृद्धि हुँदै जान्छ भन्ने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *