नागरिकता बनाउन खोज्ने भारतीय युवती र नक्कली बुवा पक्राउ – Nepal Press

नागरिकता बनाउन खोज्ने भारतीय युवती र नक्कली बुवा पक्राउ

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय पर्सामा झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिन खोज्ने भारतीय युवती र नक्कली बुवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत घर भई पर्साको वीरगञ्ज महानगरपालिका -१३ श्रीपुर बस्दै आएकी सीता पटेल र उनका नक्कली बुवा बनेका बहुदरमाई नगरपालिका २ का ५१ वर्षीय धुरुप प्रसाद पटेल रहेका छन् ।

पक्राउ परेकी सिताको ब्याग खानतलासी गर्दा नक्कली नागरिकता समेत फेला परेको छ । जिल्ला प्रशासन कार्यालय पर्साबाट ०७० पुस ११ मा जारी भएको उक्त नागरिकतामा ‘ना.प्र.नं.३४–०१–७०–१०३५२’ उल्लेख छ ।

‘पर्साको बैरियाबिर्ता दा.पु. गा.वि.स. ९ बस्ने धुरुप प्रसाद पटेलको छोरी कविता कुमारी भन्ने विवरण भएको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि फेला परेको छ । सोही आधारमा बहुदरमाई नगरपालिका २ का ५१ वर्षीय धुरुप प्रसाद पटेललाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी भारतीय ति युवती र बुवा बनेर सनाखत गरिदिने पटेललाई पर्सा प्रहरीले नागरिकता सम्बन्धी कसूरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर