तटस्थता तोड्दै रेशम चौधरी पनि जसपातिर – Nepal Press

तटस्थता तोड्दै रेशम चौधरी पनि जसपातिर

काठमाडौं । आफ्नो तटस्थता तोड्दै जेलमा रहेका रेशम चौधरी पनि जनता समाजवादी पार्टी (जसपा) तिर खुलेका छन् । आधिकारिकता विवाद समाधानका लागि निर्वाचन आयोगले गरेको सनाखतमा चौधरी तटस्थ बसेका थिए ।

जसपाका नेता डम्बर खतिवडाले फोनमार्फत जसपामै रहने इच्छा चौधरीले व्यक्त गरेको जानकारी दिएका छन्।

‘माननीय रेशम चौधरीले फोनवार्तामार्फत् व्यक्त गर्नु भएको इच्छा र तुल्सीलाल स्मृति भवनमा जारी जसपा बैठकको अनुमोदन मुताबिक चौधरी जसपा आधिकारिक पार्टीमा र पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य कायमै रहनु भएको प्रष्ट गर्न चाहन्छु,’ फेसवुकमा उनले लेखेका छन्।

चौधरीले तटस्थता तोडेसँगै यादव पक्षमा लाग्ने कार्यकारिणी सदस्यको संख्या ३५ पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर