तुलसीपुरमा रोकिराखेको बसमा आगजनी, आगो लगाउनेको खोजी जारी – Nepal Press

तुलसीपुरमा रोकिराखेको बसमा आगजनी, आगो लगाउनेको खोजी जारी

रूपन्देही । दाङको तुलसीपुर कालाखोलामा रोकिराखेको बसमा अज्ञात समूहले आगजनी गरेको छ । घोराही–तुलसीपुर सडकखण्डको कालाखोला नजिक सडकमा पार्किङ गरी राखेको अवस्थामा गएराति बसमा आगजनी भएको हो ।

रा १ ख १८९२ नम्बरको बसमा राति २ बजेतिर आगो लगाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरी राति नै घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न व्यक्तहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *