शुक्रबार २९ सय संक्रमित थपिए, १८ जनाको मृत्यु – Nepal Press

शुक्रबार २९ सय संक्रमित थपिए, १८ जनाको मृत्यु

१६ सय जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २,९७७ जना कोभिड बिरामी थपिएका छन् । १७ हजार ३०८ नमुना (१३ हजार ६९८ पीसीआर र ३,६१० एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

शुक्रबार कोभिडको कारण थप १८ जनाको मृत्यु भएको छ । १,६७८ जना निको भएका छन् । कूल परीक्षणको झन्डै १७ प्रतिशतमा आज संक्रमण पुष्टि भएको छ ।

नेपालमा कुल संक्रमित संख्या ७ लाख ३० हजार नाघेको छ भने मृतक संख्या ९,६७९ पुगेको छ ।

आजसम्म सक्रिय संक्रमित संख्या २७ हजार ६ सय पुगेको छ । शुक्रबार काठमाडौंमा ४१० जना, ३०१ जना झापामा र १८६ जना चितवनमा संक्रमित फेला परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर