दिल्लीबाट झलनाथले भने- देउवा सरकार दुई वर्ष निर्वाध चल्नुपर्छ – Nepal Press

दिल्लीबाट झलनाथले भने- देउवा सरकार दुई वर्ष निर्वाध चल्नुपर्छ

काठमाडौं । दिल्लीमा उपचाररत पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारप्रति समर्थन जनाएका छन् । यो सरकार दुई वर्ष निर्वाध चल्नुपर्ने उनको धारणा छ ।

खनालले एमाले संसदीय दलका सबै सदस्यहरूलाई ‘कुनै अलमल र आक्रोशबाट प्रभावित नभइकन’ देउवा सरकारलाई विश्वासको मत दिन आग्रहसमेत गरेका छन् ।

खनालको नाम र हस्ताक्षरसहित आजैको मितिमा जारी विज्ञप्तिमा भनिएको छ, ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा रहनेछ ।’

सकेसम्म पार्टीले सर्वसम्मत रूपबाटै देउवालाई विश्वासको मत दिनुपर्ने खनालको राय छ । त्यो भएन भने विधिपूर्वक अन्तरपार्टी वैचारिक बहसहरु सञ्चालन गर्नुपर्ने उनले बताएका छन् ।

उनी थप्छन्, ‘लोकतान्त्रिक आन्दोलनका सहयोग देउवाको नेतृत्वमा बनेको सरकार दुई वर्ष निर्वाध चल्नुपर्छ । यो सरकार सबै लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थिहरुको साझा सरकार बन्नुपर्छ ।’

वरिष्ठ नेता खनाल स्वास्थ्यमा समस्या आएपछि दिल्लीमा उपचारका लागि गएका थिए । उनको मिर्गौला फेल भएको छ ।


प्रतिक्रिया

2 thoughts on “दिल्लीबाट झलनाथले भने- देउवा सरकार दुई वर्ष निर्वाध चल्नुपर्छ

  1. पहिले त हजुरको स्वास्थ्य राम्रो होस शुभकामना। त्यसपछि मैदानमेै आएर कांग्रेस-माओवादीको प्रचार गरेर कम्युनिस्ट आन्दोलन बचाउनु होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर