रुपन्देहीमा जोर-बिजोर प्रणाली हट्यो,  निषेधाज्ञा साउन १५ सम्म थप – Nepal Press

रुपन्देहीमा जोर-बिजोर प्रणाली हट्यो,  निषेधाज्ञा साउन १५ सम्म थप

रुपन्देही । कोरोना संक्रमण रोक्न वैशाख १६ गतेदेखि शुरु गरिएको निषेधाज्ञा थप खुकुलो बनाइएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बिहीबारको बैठकले साउन १५ गतेसम्मका लागि निषेधाज्ञा थप गर्दै सार्वजनिक सवारी सञ्चालनमा यसअघि कायम रहेको जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

बैठकले व्यवसाय सञ्चालनका लागि यसअघि तोकेको निश्चित समयसीमा पनि हटाएको सहायक प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डेले जानकारी दिए । निषेधाज्ञालाई थप खुकुलो पार्दै कोरोना परीक्षणको दायारा बढाउने र स्वास्थ्यका मापदण्ड पालनामा कढाइ गर्ने निर्णय पनि गरिएको उनले बताए ।

ठूला-ठूला मेला, मेला तथा भीडभाड हुनेखालका कार्यक्रमहरुमा भने अझै पनि रोक लगाइएको छ । विश्वविद्यालय तथा विद्यालय तहका परीक्षा एउटा कक्षामा २५ जनाभन्दा धेरै राख्न नपाउने गरी सञ्चालन गर्न अनुमति दिने निर्णय गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर