पर्ख र हेरको स्थितिमा लगानीकर्ता, कारोबार रकम साढे पाँच अर्बमा सीमित – Nepal Press

पर्ख र हेरको स्थितिमा लगानीकर्ता, कारोबार रकम साढे पाँच अर्बमा सीमित

काठमाडौं । पछिल्ला दिनमा राजनीतिक घटनाका कारण लगानीकर्ता पर्ख र हेरको स्थितिमा रहेको नेप्सेको कारोबारले देखाएको छ ।

अर्थमन्त्रीका रुपमा आएका जनार्दन शर्माले पदभार ग्रहण गर्दैगर्दा पूँजीबजारलाई उत्साहित गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताएपनि आज नेप्सेमा त्यसको असर देखिएन् । आज १.०१ अंकले नेप्से बढ्दै २८७२.०५ विन्दुमा रोकियो ।

आज ४ करोड ४७ लाख ३६ हजार ५३० किक्ताको कारोबारमा ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार २०५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुँरास फाइनान्स लिमिटेडको २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । हिमालय पावर पार्टनरका शेयर धनीले ८ प्रतिशतले कमाएका छन् । आज होटल एण्ड टुरिजम, हाइड्रोपावर, फाइनान्स, म्यूचल फण्ड तथा लगानी समूह बाहेक सबैसमूहको उपसूचक रातम्मे भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर