लिदी पहिरोबाट विस्थापितका लागि सेनाले बनायो अस्थायी आवास (तस्बिरहरू) – Nepal Press

लिदी पहिरोबाट विस्थापितका लागि सेनाले बनायो अस्थायी आवास (तस्बिरहरू)

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीका पहिरोबाट विस्थापित परिवारका लागि नेपाली सेनाले अस्थायी बासस्थान निर्माण गरेको छ । गत वर्ष साउन ३० गते गएको पहिरोबाट विस्थापित भएका लिदीबासीका लागि सेनाले १३ वटा अस्थायी बासस्थान निर्माण गरेको हो ।

बासखर्कमा पालमा बसोबास गर्दै आइरहेका २८ परिवार तथा विपद् जोखिममा रहेका अन्य घरपरिवारलाई समेत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने उद्देश्यका साथ अस्थायी बासस्थान निर्माण गरिएको नेपाली सेनाले जनाएको छ । जुगल गाउँपालिका तथा नेपाल पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाइको सहयोगमा बासस्थान निर्माण सेनाले जनाएको छ ।

नेपाली सेनाको गोरखबक्स गणको ५१ जनाको टोली बासस्थान निर्माणमा संलग्न भएको थियो । ४५ वटा अस्थायी घर बनाउने योजना रहेको उक्त परियोजनाको लागि आवश्यक पर्ने सम्पूर्ण निर्माण सामाग्री जुगल गाउँपालिकाले उपलब्ध गराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर