देउवाको नियुक्ति संविधानको कुन धाराअन्तर्गत ? बोलेन शीतल निवास – Nepal Press

देउवाको नियुक्ति संविधानको कुन धाराअन्तर्गत ? बोलेन शीतल निवास

देउवाको नियुक्ति संविधान बमोजिम कि सर्वोच्चको फैसला अनुसार ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संविधानको कुन धाराअन्तर्गत प्रधानमन्त्री नियुक्त भएका हुन् ? राष्ट्रपति कार्यालय यसबारेमा मौन बसेको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिबाट देउवालाई संविधानको कुन धारा अन्तर्गत नियुक्त गरियो भन्ने उल्लेख छैन ।

राष्ट्रपतिले संविधानको धारा उल्लेख गरेर प्रधानमन्त्री नियुक्त गर्ने प्रचलन रहे पनि देउवाको नियुक्तिमा सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८ असार २८ गतेको फैसला बमोजिम नियुक्त गरिएको उल्लेख छ ।

अदालतले देउवालाई संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । राष्ट्रपतिले सो धारा बमोजिम दावी गरेका देउवा र केपी शर्मा ओली दुवैको दावी नपुगेको भन्दै जेठ ७ गते प्रधानमन्त्रीमा दुवैलाई नियुक्त नगरेपछि प्रतिनिधिसभा विघटन भएको थियो ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार अदालतको परमादेश पालना गरिएको हो । संविधानको धारा ७६ (५) मा प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिलाई दिएकोमा सर्वोच्चले परमादेश दिएपछि देउवाको नियुक्ति अदालतको आदेशका कारण भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर