२८ वर्षपछि अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि चुम्दा… (फोटो फिचर) – Nepal Press

२८ वर्षपछि अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि चुम्दा… (फोटो फिचर)

काठमाडौं । आइतबार बिहान माराकाना रंगशालामा सदाबहार प्रतिद्वन्दी ब्राजिललाई १–० गोलको नतिजामा पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्यो । फाइनलबाहेकका खेल बन्द रंगशालामा हुनु र युरोपियन च्याम्पियनसिप पनि एउटै समयमा भएकाले कोपा अमेरिकाको चर्चा अपेक्षित हुन सकेन ।

तर, विश्व फुटबलका दुई पावर हाउस अर्जेन्टिना र ब्राजिलको फाइनलमा भेट निश्चित भएसँगै प्रतियोगिताको सरगर्मी एक्कासी बढेको थियो । र, सर्वकालिन महान् फुटबलरमध्ये एक- लियोनेल मेसीका लागि पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने सम्भावित अन्तिम मौका थियो । र, ब्राजिललाई माराकानामा पराजित गरेसँगै मेसीले पहिलो र अर्जेन्टिनाले २८ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जिते ।

कोपा अमेरिका २०१५ र २०१६ मा लगातार फाइनल हारेको अर्जेन्टिना २०१९ मा ब्राजिलसँग सेमिफाइनलमा पराजित भएको थियो । सन् २०१४ विश्वकपको फाइनलमा जर्मनीसँग पराजित भएको अर्जेन्टिना पटक–पटक उपाधि नजिक पुगेको थियो ।

अन्ततः कोपा अमेरिका २०२१ को उपाधि जितेसँगै ६ पटकका बालोन डी’अर विजेता मेसीले ट्रफी ब्याबिनेटमा एउटा अन्तर्राष्ट्रिय उपाधि पनि राख्न पाउने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *