सकिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (तस्बिरहरू) – Nepal Press

सकिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (तस्बिरहरू)

काठमाडौं । महानगरजस्ता ठूला शहरमा पैदल यात्रीको सहजता तथा सुविधाका निम्ति सडकपेटीको व्यवस्था गरिएको हुन्छ ।

अन्तर्राष्ट्रिय मान्यताअनुरूप सडकपेटी कम्तीमा पनि डेढ मिटर चौडा हुनुलाई उपयुक्त मानिन्छ । पैदल यात्रु हिँड्नका लागि प्रयोगमा आउने भएकै कारण सडकपेटीमा कुनैपनि किसिमका अवरोध हुन नहुने यसको महत्वपूर्ण विशेषता हो ।

तर नेपालको राजधानी शहर तथा मुलुककै पहिलो महानगरपालिका काठमाडौंंका सडकपेटीको अवस्था बेग्लै छ । सडकपेटी असाध्य साँघुरा छन् र कतिपय स्थानमा त सडकपेटीको व्यवस्था नै छैन ।

भएका सडक पेटीमा पनि निर्माण सामग्री छरपस्ट छन् त कतै भत्किएको, बिग्रिएको अवस्था यत्रतत्र छ । यसले सडकपेटीहरु सकिइरहेका छन्, पैदलमार्ग हराईरहेका छन् ।

राजधानी काठमाडौंमा मात्र होइन उपत्यकाभित्रै धेरैतिर सडकपेटीको राम्रो व्यवस्थापन छैन । सडकपेटीहरु निर्माणको पखाईमा छन् । लाग्छ सडकपेटी उद्धारको पर्खाइमा छन् । स-साना व्यापारीहरूले सडकपेटीलाई व्यापार गर्ने थलो बनाउँछन् ।

एकातिर सडकपेटी खुला तथा अवरोधरहित हुनुपर्ने मान्यता छ भने काठमाडौंका सडकपेटीको अवस्था त्यसको ठिक विपरीत पाइन्छ ।

लथालिङ्ग र भताभुङ्ग सडकपेटीका केही तस्बिरहरु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *