प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल्ने कर्णालीका १० स्थानीय तहलाई भलिबलकाे मालाले सम्मान (तस्विरहरु) – Nepal Press

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल्ने कर्णालीका १० स्थानीय तहलाई भलिबलकाे मालाले सम्मान (तस्विरहरु)

सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनाेट भएका १० स्थानीय तहलाई भलिबलको मालाले सम्मान गरेको छ ।

प्रतियाेगिताकाे उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिबाट सिफारिस भई आएका १० वटा स्थानीय तहलाई सम्मान भलिबलकाे माला लगाइदिएर सम्मान गरिएकाे हाे ।

यस सम्मान पाउने स्थानीय तहहरुमा रुकुमकाे सानीभेरी गाउँपालिका, सुर्खेतकाे चौकुने गाउँपालिका, दैलेखकाे टाटीकाध गाउँपालिका, कालीकोटकाे तिलागुफा नगरपालिका र जुम्लाकाे तातोपानी गाउँपालिका रहेका छन् ।

त्यस्तै हुम्लाकाे खार्पुनाथ गाउँपालिका, डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका, जाजरकोटकाे छेडागाँड नगरपालिका, सल्यानकाे कपुरकोट गाउँपालिका र मुगुकाे सोरु गाउँपालिका रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *