रुपन्देहीमा एक साता निषेधाज्ञा थपियो – Nepal Press

रुपन्देहीमा एक साता निषेधाज्ञा थपियो

रुपन्देही । कोरोना संक्रमण कम हुँदै गएको रुपन्देहीमा एक हप्ताअघि खुकुलो बनाइएको निषेधाज्ञा असार मसान्तसम्म थप गरिएको छ ।

असार १५ गतेबाट जोर-बिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुन पाउने गरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो बनाएको थियो ।

सोमबार बसेको जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र डीसीएमसीको बैठकले असार १५ को आदेशलाई ३१ गतेसम्म निरन्तरता दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *