वर्षाका कारण नदीहरूमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह – Nepal Press

वर्षाका कारण नदीहरूमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपालका विभिन्न स्थानमा परेका मध्यम तथा भारी वर्षाका कारण नदीहरूमा पानीका बहाब बढेका छन् ।

मकवानपुरको भोर्लेनी र आसपासमा वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टा भारी वर्षामापन भइरहेको थियो । खोखझोर खोला, बागमती, मरीन लगायत नदीहरूमा जलसतह बढ्दो क्रममा रहेको रहेकाले उक्त जलाधारका नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा सतर्ककता अपनाउन बाढी पूर्वाअनुमान महाशाखाले जनाएको छ ।

बिहान एक बजेबाट मकवानपुरको पूर्वी राप्ती नदी रजैया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पुगेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र र चितवनको सौराहा आसपास हुनेहरूलाई पनि सतर्कता अपनाउन अनुरोध छ ।

अन्य साना तथा ठूला नदीहरूमा पनि बाढीको जोखिम कायमै रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर