राधेश्याम अधिकारीको प्रश्न- सरकार कोप्रति जवाफदेही छ ? – Nepal Press

राधेश्याम अधिकारीको प्रश्न- सरकार कोप्रति जवाफदेही छ ?

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले चुनावमा जान प्रतिपक्ष हौसिनुपर्ने भए पनि हौसिन अवस्था नरहेको अधिकारीले बताए ।

आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै अधिकारीले के सरकारको निषेधाज्ञा तोडेर चुनावमा जान भनिएको हो ? कोभिड कहिले सकिन्छ ? सीडीओले शासन कहिलेसम्म चलाउने हो ? भनि प्रश्न गरेका छन् ।

प्रधानमन्त्रीले पार्टी विभाजन गरेको, आफ्नो सहकर्मीसँगै राख्न नसकेकोले कसरी प्रतिपक्षसँग सहकार्य गर्न सक्लान ? भन्ने अधिकारीको प्रश्न थियो । उनले भने, ‘राष्ट्रपतिको गरिमा पनि घटेको छ कि बढेको छ ? राष्ट्रपतिको गरिमा प्रधानमन्त्रीले मात्र कहिलेसम्म जोगाउने हो ? सरकार कोप्रति जवाफदेही छ ?’

प्रधानमन्त्रीले आफूखुसी प्रतिनिधिसभा विघटन गरेको भन्दै उनले ३ वर्षे कार्यकालमा स्वस्त: प्रतिस्पर्धालाई तिलाञ्जली दिएर प्रधानमन्त्रीले अध्यादेश राज गरेको आरोप अधिकारीको छ ।

अधिकारीले अझै कोरोनाको जोखिममा नेपाल रहेकाले खोप नै प्रमुख नियन्त्रणको उपाय भएको बताए । ‘अहिले लगाइएको खोप हात्तीको मुखमा जिराजस्तै भएको छ । खोप ल्याउने भनेर सरकारले प्रचार गरे पनि खोप आउन सकेको छैन ।’

प्रतिनिधिसभा विघटन गर्नु दुखद् भएको अधिकारीले टिप्पणी गरे । राजनीतिक मुद्दा राजनीतिकरूपमा हल हुन नसके अदालतले हेर्न पाउनु स्वभाविक भएको बताउँदै आज पनि हेर्ने र भोलि पनि हेरिने बताए ।

अधिकारीले फरक प्रसंगमा रूपा सुनारले दलित भएकै कारण घरमा बस्न नपाएकोले दु:ख लागेको बताए । यसमा शिक्षामन्त्रीले दवाब दिएर छुटाउन जानु अझ दु:खद र कानूनको बर्खिलाप भएको उनको भनाइ थियो ।

रुकुममा एक वर्षअघि भएको जातीय विभेको घटना स्मरण गर्दै न्याय दिनको साटो सरकार नै जातीय विभेदका घटनाको सैरक्षणमा जोडिनु दु:खद भएको अधिकारीले बताए ।


प्रतिक्रिया

One thought on “राधेश्याम अधिकारीको प्रश्न- सरकार कोप्रति जवाफदेही छ ?

  1. हजूरका पूज्यपिताजी प्रति भन्न भएन मान्येज्यूलाई!😁😁

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर