ओम अस्पतालले ल्यायो पोष्ट कोभिड स्वास्थ्य परीक्षण प्याकेज – Nepal Press

ओम अस्पतालले ल्यायो पोष्ट कोभिड स्वास्थ्य परीक्षण प्याकेज

काठमाडौं । ओम अस्पतालले कोरोना संक्रमणबाट मुक्त भएकाहरुलाई देखिने सम्भावित स्वास्थ्य जटिलताबाट जोगाउन ‘पोष्ट कोभिड हेल्थ चेकअप’ प्याकेज घोषणा गरेको छ ।

कोरोना महामारीको दोस्रो लहरमा उल्लेख्य संक्रमितलाई पोष्ट कोभिड लक्षण देखिएको भन्दै अस्पतालले शुलभ मूल्यमा स्वास्थ्य परीक्षण प्याकेज ल्याएको मेडिकल डाइरेक्टर डाक्टर हरिश जोशीले जानकारी दिए ।

अस्पतालले ६ हजार ५ सय रुपैयाँमा विशेषज्ञ चिकित्सकको परामर्शसहित सातवटा परीक्षणको सुविधा उपलब्ध गराउनेछ । प्याकेज अन्तर्गत सीबीसी, सीआरपी, कोभिड एन्टीबडी, डी–डाइमर, छातीको एक्सरे र ईसीजी सुविधा उपलब्ध हुनेछ ।

अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिनिसियन डाक्टर विश्वनाथ कोइरालाले कोरोना संक्रमणमुक्त भएकाहरुले यो प्याकेजको सुविधा दिएर पूर्ण स्वास्थ्यलाभ गरी ढुक्कसँग आफ्नो नियमित कामकाजमा फर्कन उपयोगी रहने दावी गरेका छन् ।

कोरोना संक्रमितहरुलाई संक्रमणमुक्त भएपछि शारीरिक समस्या देखिने, जिउ दुख्ने, छिटो थकाई लाग्ने, निद्रा नलाग्ने, डिप्रेसन हुने, उच्च रक्तचाप, स्वास फेर्न कठिन हुने लगायतको समस्या देखिन थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर