चिनियाँ रोभरले मंगल ग्रहमा सेल्फी खिच्यो (तस्विरहरु) – Nepal Press

चिनियाँ रोभरले मंगल ग्रहमा सेल्फी खिच्यो (तस्विरहरु)

बेइजिङ । मंगल ग्रहमा अतवरण गरेको चीनको झुरोङ रोभरले केही आकर्षक तस्विर पृथ्वीमा पठाएको छ ।

गत मेमा अवतरण गरेको उक्त रोभरले बेतारे क्यामेरामार्फत आफ्नो र सतहको सुन्दर सेल्फी पनि खिचेको छ ।

उक्त तस्विरमा झुरोङ रोभरको दायाँतर्फ रकेट-पावर प्लेटफर्म देख्न सकिन्छ जसले मंगलमा ६ वटा पांग्रा भएको रोभर लगेको थियो ।

दुबै यानमा चिनियाँ झण्डा पनि देख्न सकिन्छ ।

केही तस्विरमा मंगलको उत्तरी अवतरण थलो युटोपिया प्लानिसिया पनि देख्न सकिन्छ । मिसन सफलताको अवसरमा चिनियाँ अन्तरिक्ष नियोगले यी तस्विर सार्वजनिक गरेको हो ।

झुरोङले मंगलमा ९० दिन रहेर काम गर्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर