गण्डकीका मुख्यमन्त्रीद्वारा मनाङे पदमुक्त (पत्रसहित) – Nepal Press

गण्डकीका मुख्यमन्त्रीद्वारा मनाङे पदमुक्त (पत्रसहित)

काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री दिपक मनाङेलाई पदमुक्त गरेका छन् । सो मन्त्रालय आफैं सम्हाल्ने जानकारीसहित मनाङेलाई पदमुक्त गरेको विषयमा उनले प्रदेश प्रमुखलाई पत्राचार गरेका छन् ।

प्रदेश सभाबाट आज मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश सरकार कामचलाउ बनेको छ । सरकार ढलेर कामचलाउमा भइसकेपछि मुख्यमन्त्रीले मनाङेलाई हटाएका हुन् ।

आज प्रदेशसभामा मुख्यमन्त्रीले मागेको विश्वासको मतमाथि मतदान हुँदा मनाङे अनुपस्थित बनेका थिए । उनले विपक्षी गठवन्धनलाई सघाउने घोषणा गरेका छन् । हिजो बेलुकीबाट सम्पर्कविहिन बनेका उनी बेलुका सम्पर्कमा आएको बताइएको छ ।

मनाङेको राजीनामा पत्र

यता मनाङेले भने आफूले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । मुख्यमन्त्रीको नाममा उनले लेखेको राजीनामा पत्रमा विश्वासको प्रस्ताव अस्वीकृत भइ मूख्यमन्त्री पदमुक्त भइसकेपछि आफू पदमा बसिरहनु उचित नठानेको उल्लेख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर