हजारौं डीभी विजेताको तर्फबाट बाइडेन प्रशासनविरुद्ध मुद्दा दायर, ३८०० नेपालीले पाएनन् अझै भिसा – Nepal Press

हजारौं डीभी विजेताको तर्फबाट बाइडेन प्रशासनविरुद्ध मुद्दा दायर, ३८०० नेपालीले पाएनन् अझै भिसा

काठमाडौं । भिसा नपाएपछि हजारौं डीभी विजेताको तर्फबाट बाइडेन प्रशासनविरुद्ध मुद्दा दायर भएको छ ।

कानून व्यवसायी कुर्तिस मोरिसनका अनुसार आर्थिक वर्ष २०२१ का २४ हजार ८९ जना डीभी विजेताको तर्फबाट बाइडेन सरकारविरुद्ध मुद्दा दायर गरिएको हो ।

कोभिड-१९ महामारीको कारण अमेरिकाले तत्काल विदेशीलाई भिसा नदिने देखिएपछि २०२१ का डीभी विजेताहरु अमेरिका जाने सम्भावना लगभग गुम्ने देखिएको छ ।

आगामी सेप्टेम्बरसम्म डीभी विजेताले भिसा पाइसक्नुपर्नेछ । तर, ४ महिना पनि बाँकी नरहेको अवस्थामा भिसाको माग गर्दै मुद्दा दायर गरिएको हो ।

१४२ देशका डीभी विजेताको तर्फबाट उक्त मुद्दा दायर गरिएको जनाइएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले पनि भिसा जारी नगरेपछि सन् २०२१ का नेपाली डीभी विजेता पनि चिन्तित् छन् ।

उनीहरुले स्वास्थ्य मापदण्ड पालना गर्दै अन्तर्वार्ताको वातावरण मनाइदिन आग्रह गर्दै परराष्ट्र मन्त्रालय र अमेरिकी दूतावासलाई पत्र लेखेका छन् । आर्थिक वर्ष २०२१ मा ३८०१ जना नेपालीले डीभी लोटरी जितेपनि अहिलेसम्म भिसा पाउन सकेका छैनन् ।

तर, काठमाडौंमा जारी निषेधाज्ञाको कारण अमेरिकी दूतावासले सबै भिसा अप्वाइन्मेन्टहरु स्थगित गरेको छ । २०२१ का डीभी विजेताको टुंगो नलागेपनि दूतावासले चाँडै डीएस २६० फर्म भर्नको लागि आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर