लिचीको दाना घाँटीमा अड्किँदा ६ महिने शिशुको मृत्यु – Nepal Press

लिचीको दाना घाँटीमा अड्किँदा ६ महिने शिशुको मृत्यु

कैलाली । कन्चनपुरमा लिचीको दाना घाँटीमा अड्किँदा ६ महिने शिशुको ज्यान गएको छ ।

भीमदत्त नगरपालिका वडा नम्बर ५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाको छोरा वीरेन्द्र चन्दको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।

बुधबार दिउँसो बालकको घाँटीमा लिचीको दाना अड्किएपछी महाकाली अस्पताल लगिएको थियो । उपचारको क्रमम उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवः प्रहरी नायव उपरीक्षक अमर थापाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *