लुम्बिनीका मुख्यमन्त्री भन्छन्– बजेटले जनअपेक्षालाई सम्वोधन गर्‍यो – Nepal Press

लुम्बिनीका मुख्यमन्त्री भन्छन्– बजेटले जनअपेक्षालाई सम्वोधन गर्‍यो

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शनिबार संघीय सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०७८/०७९ को बजेटले जनअपेक्षालाई सम्वाेधन गरेको दावी गरेका छन् ।

कोभिड-१९ को महामारी सामना गर्ने उद्देश्यमा केन्द्रित हुँदै शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको उनको विश्लेषण छ । मुख्यमन्त्री पोखेलले जनअपेक्षालाई सम्वोधन गर्न बजेट अग्रसर देखिएको बताएका छन् । पोखरेलको बजेटमाथिको प्रतिक्रिया यस्तो छ:

बजेट कोभिड १९को महामारी सामना गर्ने उद्देश्यमा केन्द्रीत छ । जनअपेक्षा पनि यस्तै थियो । अव मुलुक मध्यावधि चुनावमा जाने निश्चित जस्तै भएको हुँदा त्यसका लागि खर्चको व्यवस्था गर्नु आवश्यक नै थियो ।

कोरोना महामारी र चुनावी खर्चको व्यवस्थाकका वावजुत जनताका अपेक्षाहरुलाई सम्वोधन गर्न बजेट अग्रसर देखिन्छ । यस पटकको वजेट सामाजिक क्षेत्रको सम्वोधनमा निकै उदार देखिएको छ । स्वास्थ र शिक्षा क्षेत्रले बजेटमा विशेष प्राथमिकता पाएका छन् ।

पूर्वाधार विकासका क्षेत्रमा बजेटले सम्माननीय प्रधानमन्त्रीको सोचलाई सम्वोधन गर्न खोज्नु स्वभाविक नै हो । यस पटकको बजेटले विशेष ढंगले कोभिड १९का कारणले प्रभावित व्यावसायिक क्षेत्र र समुदायलाई सम्वोधन गर्ने कोशिस गरेको छ ।

यसवाट निजी क्षेत्रले एकहदसम्म राहतको अनुभूति गर्न पाएको हुनुपर्छ । बजेट भाषणले सकेसम्म धेरै क्षेत्रलाई सम्वोधन गर्ने कोसिस गर्दा केही लामो सुनिएको छ । बजेट सुन्दा समग्रतामा सन्तुलित, आकर्षक र जनप्रिय वन्न पुगेको छ ।

प्रादेशिक संरचनाका हकमा वर्तमान अर्थमन्त्रीवाट थप उदारताको अपेक्षा राखिएको थियो । पूर्ण बजेट कार्यक्रम आउँदा त्यो पनि पढ्न पाइने अपेक्षा छ। जहाँसम्म बजेटको कार्यान्वयनको विषय छ त्यो सदैव चुनौतीपूर्ण रहँदै आएको छ ।

यो वर्ष चुनावी वर्ष भएका कारणले थप चुनौतीपूर्ण हुनु स्वभाविक नै हो । यस्तो अवस्थामा स्थायी सरकारको रुपमा रहेको प्रशासनिक नेतृत्वले थप अग्रसरता र जिम्मेवारी लिएमा कार्यान्वयनमा खासै समस्या नहुनु पर्ने हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर